Friday, December 2, 2016

रोनाल्डिन्हो र रिक्युल्मेले विमान दुर्घटनामा परेको क्लबका लागि फुटबल खेलेर सन्यास लिने

दक्षिण अमेरिकाका दुई फुटबल हस्ती ब्राजिलका रोनाल्डिन्हो र अर्जेन्टिनाका हुँवा रोमन रिक्युल्मेले विमान दुर्घटनामा १९ खेलाडी गुमाएको ब्राजिलियन क्लब चापाकोइन्सेका लागि पैसा नलिई फुटबल खेल्ने प्रस्ताव अघि सारेका छन्। कुनै बेला अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो खेल शैलीका कारण धाक जमाएका यी दुवै खेलाडीले क्लब फुटबलबाट सन्यास लिएका छैनन्।
तर, उनीहरू चापाकोइन्सेका लागि फुटबल खेल्दै आफ्नो लामो फुटबल करिअरबाट बिदा लिन चाहन्छन्। चापाकोइन्से हाल ब्राजिलको ‘ए’ डिभिजन लिगमा नवौं स्थानमा छ। कोलम्बियामा कोपा सुदामेरिकानाको फाइनल खेलेर फर्किएपछि यो क्लबले डिसेम्बर ११ मा एट्लेटिको मिनेरोविरूद्ध अन्तिम खेल खेल्नु पर्ने थियो।
तर, बुधबारको फाइनल खेलका लागि बोलिभियाबाट सोमबार राती उडेको लामिया विमान कोलम्बियाको मेडलिन शहरभन्दा अगाडि ला सेजाको डाँडोमा दुर्घटनाग्रस्त भएको थियो। जसमा चापाकोइन्सेका १९ खेलाडीसहित ७७ जनाको ज्यान गएको थियो। रोनाल्डिन्हो र रिक्युल्मेले मिलेर आफ्नो देशका लागि १ सय ४७ अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
रिक्युल्मेले पछिल्लो पल्ट सन् २०१४ मा अर्जेन्टिनोस जुनियर्सबाट खेलेका थिए। अर्जेन्टिनाका पूर्व कप्तान रहिसकेका रिक्युल्मे अर्जेन्टिनाको ‘फुटबलर अफ दि इयर’ अवार्डबाट सम्मानित भइसकेका छन्। रोनाल्डिन्हो भने २००५ मा विश्व वर्ष खेलाडी घोषित भएका थिए। उनलाई यसै वर्ष ब्राजिलको फ्लुमिनेन्सले सात खेलपछि बर्खास्त गरेको थियो। उनी अमेरिकी लिग खेल्न जाने तयारीमा थिए। तर, यी दुवै खेलाडीले विमान दुर्घटनाका कारण खेलाडीबिहिन भएको चापाकोइन्सेको सम्मानमा फुटबल खेल्दै सन्यास लिने बताएका छन्।
source: setopati.com

डा. गोविन्द केसीको जीवनरक्षा निम्ति नागरिक आवाज

डिसेम्बर २ को बिहान साढे ३ बजे झल्याँस्स आँखा खुलेका छन्। झ्यालबाहिर बत्तीहरूको मधुरो उजेलो छ। गाढा सन्नाटा छ छिमेकमा। कुकुरहरू पनि मस्त निद्रामा छन्। भुकेका छैनन्। झ्याल र ढोकाका कापबाट मुधुरो स्याँठ भित्र पसिरहेको छ।
मेरो छिमेक हुँदै सुनसान बाटो गणेशस्थान हुँदै गोङगबुचोक पुग्छ। अनि बाटा माकुराको जालोझैं फिजारिन्छन्। यतिबेला फिजारिएको बाटो जहाँ जहाँ पुगेको छ, त्यहाँ त्यहाँ सबै निदाएका छन्। कोही सुन्दर सपना देखिरहेका होलान्। कोही भने भयावह सपनासित जुधिरहेका होलान्। तर, सबै न्यानोमा छन्।
र, माकुराको जालोझैं फिजारिएको बाटो महाराजगन्ज टिचिङ अस्पताल पनि पुग्छ। सहरमा अस्पताल मात्रै होला, जो रामरी निदाउन पाउन्न। बिरामी र तिनका कुरुवा, डाक्टर र नर्सहरूको अनिद्रा र पाइतलाको आवाज सर्याक–सर्याक हिँडी नै रहेको हुन्छ।
त्यही अनिद्राले भरिएको अस्पतालको एउटा स्ट्रेचरमा डाक्टर गोविन्द केसी पनि छन्। के डिसेम्बर २ को यो चिसो बिहान उनी निदाएका होलान्?
म कल्पनाले पनि काँप्छु।
म अचेल धेरै भोको बसेको छैन। भोकै बस्ने मौका वा दुर्भाग्य दुवै आइपरेको छैन। साठीको दशकमा संघर्षशील समयमा तीन दिन भोको बसेको थिएँ। र, तीनै दिन मैले घरमा आमाले नमीठो तरकारी पकाउँँदा झोक्किँदै स्वात्त फालेका तात्ताता भातका डल्लाहरू सम्झेको थिएँ। तीन दिन भोको हुँदा हाडहरू नै गलेजस्तो लागेको थियो। पेट नराम्ररी बटारिन्थ्यो। एउटा सर्पले अर्को सर्पलाई निलेझैं आफ्ना आन्द्राहरूले आफ्नै आन्द्रा निलिरहेका छन् जस्तो लाग्थ्यो।
धेरै भोको हुँदा झलमल घाम पनि बादल लाएजस्तो अँधेरो अँधेरो हुन्छ। छिमेकमा बजिरहेको गीत पनि मधुरो मधुरो हुँदै जान्छ। गुफाहरू भित्रभित्रै बगिरहेको नदीको मधुरो आवाजजस्तो रित्तो पेटको आवाज कानसम्म आइरहन्छ। र, बेलाबेला लाग्छ, म यही रित्तो पेटको गर्तमा भासिएर मर्ने छु।
धेरै भोको भएपछि, वरिपरि के भइरहेछ थाहा हुन छाड्छ। आफ्नै जिब्रो तितो लाग्न थाल्छ। र, रित्तो पेट गह्रँुगो हुँदै जान्छ। सहरका अग्ला घर, फराकिला सडक, छेउछाउका पारिजातका रूख, फराकिलो आकाश क्यै मतलब हुन्न। छट्पटिएको नाकले छिमेकको किचनबाट आइरहेको मसलाको बासना मात्र खोजिरहेको हुन्छ। र, आकाशमा टाँगिएको चन्द्रमा भर्खरै तन्दुरबाट निस्केको बाटुलो र तात्तातो रोटीमा परिर्वतन हुन्छ।
तीन दिनको रित्तो पेटले म यति नै महसुस गर्न सक्छु।
मेरी छोरी सानै छँदा जे भेटे पनि मुखमा क्वाप्पै हालिहाल्थी। उसले न बालाई रामरी चिन्थी न आमालाई। तर, माटो होस् या ढुङ्गोको टुक्रो, जे भेटे पनि मुखमा हालिहाल्थी। ईश्वर मान्नेलाई ईश्वर, प्रकृति मान्नेलाई प्रकृतिले जन्मनासाथ एउटा कुरो सिकाउँदो रैछ, भोको नबस्नू। जसरी हुन्छ, जे गरी हुन्छ, खानू।
त्यसैले होला, बिहान उठेदेखि राति सुत्दासम्म हाम्रो दिमागमा खानेकुरा नै घुमिरहेका हुन्छन्। कहिलेकाहीँ गफमा जब खानेकुराका कुरा निस्किन्छन्, हामी गफैगफैमा मीठा खानेकुराका कल्पनामा थुक निलिरहेका हुन्छौ।
तर, डिसेम्बर २ को जाडोमा डाक्टर गोविन्द केसीको पेट रित्तो भएको बीसौं दिन हुन्छ।
सेतोपाटीले मध्यरात न्यूज अपडेट गरेको छ, मध्यरातसम्म बसेको वार्ता सफल भएन। डाक्टर केसीको खस्कँदो स्वास्थ्यलाई सत्तावालहरू ‘ब्ल्याकमेल’ गर्न खोजिरहेका छन्।
म छट्पटिन्छु, फेरि डाक्टर केसीको पेट रित्तै रहने भयो।
म सोच्छु, उनी ढाडसितै टाँसिनै थालेको पेट लिएर के निदाएका होलान्? निदाएका छैनन् भने के सोचिरहेका होलान्?
केदार शर्मासितको वार्तामा उनले भनेका रैछन्, ‘म अनसन बसिरहेका बेला आफूले डुलेका गाउँ, आफूले भेटेका बिरामीलाई सम्झेर बस्छु।’ म सोच्छु, यिनै कुराले बचाएको छ कि अहिलेसम्म उनलाई।
तर, रित्तो पेटलाई स्मृतिहरूले मात्र लामो समय बचाउन सक्दैन। स्मृति त दिमागको भोजन हो, शरीरको होइन। चेतना जतिसुकै बलियो होस्, शरीर त धोकेबाज नै हुन्छ। गोविन्द केसीको बूढो शरीरले पनि विस्तारै धोका दिने छ। र, शरीरले धम्की पनि दिन थालिसकेको छ।
डिसेम्बर २ को चिसो बिहानमा मलाई गोविन्द केसीको बूढो शरीरको माया लागिरहेको छ।
र, म सोचिरहेछु, उनले किन गर्नुपर्थ्यो यस्तो। जो हामी कसैले गर्न सक्दैनौं। तात्ताता ममःका डल्ला मुखमा कोचेर ‘अटेरी बूढो अनसनै बसेर सबथोक पाइन्छ भन्ने ठान्छ’ भनेर तर्क गरिरहेका छौं। भोको बसेर सबथोक पाइन्छ? अर्को तर्क गरिरहेका छौं।
हुन पनि हो, यो देशमा जसले जे जे पाएका छन्, जसले आफ्नो ठूलो साम्राज्य र चुनावमा चाहिने बूढीऔलाहरूको लस्कर खडा गरेका छन्, ती कहिल्यै भोको बसेका छैनन्। तिनलाई खानमा रुचि छ, ख्वाउनमा रुचि छ। खानपानको टेबुलमा यहाँ धेरै ठूला निर्णय भएका छन्। खानपानकै टेबुलमा भिजिटिङ कार्डहरू साटासाट भएका छन्। सबथोक अपच हुने गरी खाएर चलिरहेको छ। इतिहास नै यस्तो छ। समय नै यस्तो छ।
यस्तो बेला एउटा डाक्टर बूढोले नखाएर के हुन्छ?
र, मलाई डाक्टर बूढोको माया झन् लाग्छ। यसरी इतिहास, समय र प्रकृतिविरुद्ध लडिरहेको बूढो डाक्टरप्रति झन् श्रद्धा बढ्छ। उनले हार्न हुँदैन, उनलाई हार्न दिनु हुँदैन भनेर मुड्कीले टेबुल बजार्न मन लाग्छ।
उनका लागि जे गर्न सकिन्छ, अहिले नै गरौं भन्ने लाग्छ। उनलाई सत्ता र शरीरले धोका दियो भने हाम्रा आउने सबै पुस्तामाथि धोका हुनेछ। उनलाई म अहिले नै सम्झिन चाहन्छु। मैले अहिले उनको रित्तो पेटलाई सम्मान गरिनँ भने बाँचुन्जेल त्यसले पोलिरहनेछ। उनले आफ्ना लागि होइन, मेरा लागि बीसौं दिनदेखिको रित्तो पेट लिएर लडिरहेका छन् भने म उनलाई आफ्नो भरिएको पेटले पनि साथ दिन सक्दिनँ?
यदि मैले सकिनँ भने, गोविन्द केसीको शरीरले धोका दियो भने एउटा उजेलो आशाले भरिएको समय पनि मर्नेछ। एउटा राष्ट्रिय र अन्तर्राष्ट्रिय घटना हुनेछ। मलाई थाहा छ, ठूला घटनाका बारेमा सत्तावालहरूले कस्ता ‘हास्यास्पद तर्क’हरू दिएर उम्किने कोशिस गर्छन्। डाक्टर केसी सत्तावालहरूको ‘हास्यास्पद तर्क’ भएर इतिहासको अँधेरो गर्तमा हराउनु हुँदैन।
यदि उनी इतिहासका पन्नाका हास्यास्पद तर्कहरूका अनुच्छेदमा चेपिए भने मलाई उनको रित्तो पेटको पाप लाग्नेछ। ईश्वर मान्नेलाई ईश्वरले र प्रकृति मान्नेलाई प्रकृतिले सराप दिने छ। र, मलाई थाहा छ, रित्तो पेटले दिएको सराप सबैभन्दा डरलाग्दो हुन्छ।
कामना गर्छु—
मैले आत्मग्लानीले— आफूले निलिरहेका हरेक गाँसहरूमा उनको रित्तो पेटलाई सम्झिन नपरोस्। मैले उनलाई आफू बिरामी भएर छट्पटिरहेको स्टे«चरबाट पनि सम्झिन नपरोस्।
source: setopati.com/

Crew of crashed Brazilian football team’s plane opted to skip refueling stopover to save time

The pilot of the crashed LaMia plane carrying Brazil’s Chapecoense team from Bolivia to Colombia chose not to stop for a planned refueling in violation of air safety rules, a Colombian watchdog said. The crew allegedly opted to fly non-stop due to a delay.
On Thursday, the Bolivian government suspended LaMia Airlines’ license and also removed the executives of its aviation authority to ensure an unbiased investigation into the incident. LaMia is a Bolivian charter flight airline.
The plane, which was carrying 77 people, including most of the players on the Chapecoense team to the crucial final game against Atletico Nacional of Colombia in Copa Sudamericana, was supposed to stop to refuel in the Bolivian city of Cobija before taking off for its final destination.
“When the company, its representative in Colombia, submitted the application for authorization of the flight it was stated there that it [the plane] was coming from the city called Cobija,” located “on the border with Peru and Brazil,” the secretary of airline security at Colombia’s civil aviation authority, Freddy Bonilla, said in an interview with Radio Belgrano, as cited by El Deber.
Bonilla noted that, as the flight had not been properly registered with Colombia’s aviation authority, the agency “would not have authorized the flight the way it was given.”
The tragic chain of events began when the Brazilian team was forced to take a charter flight from Bolivia to Colombia instead of a direct flight from Brazil, as it had intended, due to regulations of Brazil’s civil aviation authority, ANAC, which forbid aircraft that aren’t registered in the country of departure or arrival to conduct charter flights.
The Brazilian delegation decided to take a flight from Sao Paolo, Brazil, to Santa Cruz de la Sierra in Bolivia and then continue on a LaMia charter flight to Columbia. However, their Bolivian Airlines (BoA) flight from Brazil was delayed for more than an hour, arriving in Bolivia at around 7pm, Brazilian outlet O Globo reported.
This meant the LaMia plane could not fly to Cobija to refuel because the city’s airport did not operate at night
According to O Globo, pilot Miguel Quiroga could have refueled in Bogota, but instead decided to fill the plane’s tank to maximum and fly straight to Jose Maria Cordova airport in Medellin, saving about an hour.
According to an internal Colombian civil aviation document cited by Reuters, the flight path submitted by the pilot stipulated that the trip would take 4 hours and 22 minutes, the plane’s maximum flight range. The agency allegedly urged LaMia Airlines to present contingency routes for the flight, bit was reportedly ignored.
It has emerged that the risky plan might not have ended in tragedy if not for an additional delay on the approach to Medillin airport.
A leaked recording of the conversation between Quiroga and air traffic control officer Yaneth Molina revealed that the pilot had asked to land immediately due to a “fuel emergency” shortly before running out of fuel completely. In the course of the conversation, Quiroga dodged Molina’s question about how long he could still fly without landing, while repeating his initial request.
However, there was also another plane that had requested emergency landing, and Molina decided to deny immediate landing to the LaMia plane, telling the pilot to hold on for seven more minutes. In the last few seconds of the frantic exchange, Quiroga said that the plane was “in total failure, total electrical failure, without fuel” before crashing some 30 miles away from the airport.
In a letter on Thursday, Molina said that he “did all that was humanly possible and technically necessary to preserve the lives of the passengers, but unfortunately my efforts weren’t enough.”
Per international air safety regulations, a plane must carry enough fuel to be able to fly an additional 30 minutes upon landing at its destination. Investigation teams working at the crash site have reportedly not found any remaining traces of fuel, which supports the main version of the events leading to the tragedy. 
“In this case, sadly, the aircraft did not have enough fuel to meet the regulations for contingency,”Bonilla said, as cited by Reuters.
Lamia Airlines flight 2933 crashed around 10pm local time on November 28, killing 71 people, including football players and journalists who were to cover their game. Only six people, including three Chapecoense players, survived.
source:rt.comrt.com

Thursday, December 1, 2016

संयमको पनि हद हुन्छ

सदाचारी र सत्याग्रही व्यक्तिको विरोध मौनबाट सुरु हुन्छ, तर मौनमा गएर अन्त्य हुँदैन। त्यो मौनभित्र कसैले थाहै नपाउने गरी विस्तारै विस्तारै ठूलो जनआवाज समेटिँदै जान्छ। एउटा ठूलो आन्दोलनको सुरुआत नै यसैगरी हुने हो, जसलाई समय घर्किएपछि कुनै ताकतले नियन्त्रण गर्न सक्दैन।
हाम्रो निम्ति गुणस्तरीय स्वास्थ्य सेवाको माग राख्दै सत्याग्रह आन्दोलनमा होमिनुभएका डा. गोविन्द केसी त्यस्तै सदाचारी र सत्याग्रही व्यक्ति हुनुहुन्छ।
आज अनसनको १८ औं दिन पुगिसकेको छ। हाम्रो लागि निस्वार्थ भावले लडिरहनुभएका मान्छेको स्वास्थ्यमा थपिएको चुनौती हामी सबैका लागि चिन्ताको विषय हो र हुनुपर्छ। त्यसैले, समय आइसक्यो, डा. केसीले उठाउनुभएका मागमा दबाब सिर्जना गर्न हामी सबैले आ–आफ्नो तर्फबाट आवाज उठाउनैपर्छ। जनताले उहाँको मुद्दामा अझ बढी साथ दिनैपर्छ।
संयमको पनि हद हुन्छ। सरकारले त्यही हदको परीक्षा लिँदैछ। सरकारले के कुरामा विचार पुर्याउनु जरुरी छ भने, डा. केसीको ज्यान तलमाथि भएको खण्डमा उहाँका समर्थक र जनतालाई संयम राख्न गाह्रो हुनेछ। जनतालाई जतिसुकै संयम राख्नुस् भन्दा पनि नसकिने अवस्था आउनसक्छ।
एउटा मान्छेको ज्यानै जाने अवस्था आइपुग्दा पनि समस्या सुल्झाउन नसक्नु, खाली आश्वासन मात्र दिनु सरकारको लागि लज्जाको विषय हो। सरकारले यसलाई उच्च प्राथमिकतासाथ ध्यानमा राख्नुपर्ने हो। सरकारको काम जनताको भलाइ हो। उसको काम जनताका समस्या खोजीखोजी समाधान गर्नु हो। यहाँ त डा. केसीले स्वास्थ्य क्षेत्रमा भएका समस्या औंल्याइदिँदा पनि सरकार हात बाँधेर बसेको छ। उल्टै त्यही समस्याको सुनुवाइ निम्ति अनसन बसेका व्यक्तिको ज्यानको समेत परवाह नगर्नु संवेदनहीनताको पराकाष्ठा हो।
मलाई लाग्छ, डा. केसीले उठाउनुभएका मुद्दासँग जोडिएका विभिन्न समूहका स्वार्थका कारण यो समस्यालाई अल्झाइरहने र बल्झाइरहने काम भइरहेको छ। न्यायिक हिसाबले जानुपर्ने मुद्दामा हरेकचोटि आश्वासन दिने, कार्यान्वयनको बाचा गर्ने, तर कार्यान्वयन गर्ने बेला धोका दिने काम भइरहेको छ। यसमा आ–आफ्नो स्वार्थसिद्ध गर्न विभिन्न पक्षले अनेकन निर्णय गराइरहेका छन्। यो देशकै निम्ति दुर्भाग्यको कुरा हो।
स्वास्थ्य क्षेत्र मात्र होइन, जनता विभिन्न कुरामा सरकारबाट ठगिँदै आएका छन्। सरकार तथा दलहरूबाट आ–आफ्नो राजनीतिक स्वार्थमा अल्झेर योसँगै थुप्रै मुद्दा पन्छाउने काम भइरहेको छ। निष्पक्ष भएर कानुनमा रहेर कुनै पनि मुद्दामा निर्णय कहाँ भएका छन् र? स्वार्थको भुमरीमा सब हराइरहेका छन्। म यसलाई हाम्रो राजनीतिको विडम्बना मान्छु। साझा हितका बारेमा सोचिनुपर्नेमा आफ्ना स्वार्थाका मुद्दा मात्रै स्थापित गर्ने परिपाटी बढ्दै गएको उदाहरण हो यो।
सरकारले डा. गोविन्द केसीको मुद्दा तत्काल टुंगोमा र्पुयाउनुको विकल्प छैन्। एउटा निस्वार्थ र वरिष्ठ चिकित्सकको जीवन नै खतरामा पर्न गएको छ। भोलि ज्यानमा केही भइदियो भने राष्ट्रमा एक किसिमको संकट नआउला भन्न सकिन्न। सरकारलाई त्यसको सामना गर्न पनि गार्हो पर्ला। यसरी राष्ट्रको राजनीति र सरकारमाथि औंला ठड्याउने मौका दिनुभन्दा यसलाई बेलैमा सुल्झाउनुबाहेक अर्को उपाय सरकारसँग छैन।
source;http://setopati.com/http://setopati.com/bichar/57781/